We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.
supported by
/
  • Streaming + Download

    Includes high-quality download in MP3, FLAC and more. Paying supporters also get unlimited streaming via the free Bandcamp app.
    Purchasable with gift card

      name your price

     

1.
अराज्य गन्तव्य तर्फ होमिएको त्यो तेरो समाज जसलाई कलमहरुलाई कर्फ़यु अनि सोचहरुलाई निषेधाज्ञा जारी भएको छ जहाँ मसीका हरेक डिब्बाहरु जफत भएकाछन् जहाँ निर्मल पूर्वक यातना दिई च्यातिएका छन् पानाहरु भाचिएका छन् ती निर्दोष औंलाहरु हो आज यहाँ एउटा आवाज दबिएको छ आज एउटा विचार मारिएको छ गला घोटिएका ती हरफहरु पक्कै विद्रोहको अन्तिम श्वास फेर्दो हो (साङ्लै साङ्लाले बेरिएका ती शब्दहरू पक्कै स्वतन्त्रको अन्तिम दृश्य हेर्दो हो)*२ (आज तैंले एउटा गल्ती गरेको छेस् धुनै नसक्ने पाप चिताएको छेस)*२ तैंले वाक्यहरुलाई मारेको छेस् तैंले लेखहरु विरुद्ध गोली बर्साएको छेस् त्यो भन्दा बढी तैंले तानाशाहीको अर्थ आफैमा झन झन प्रष्टाएको छेस् म त हरु विरुद्ध हजारौं वाक्यहरु जन्माई दिन्छु तैंले हिड्ने आँगनमा करोडौ लेखहरू झुलकाई दिन्छु तैंले हिड्ने बाटोमा अक्षरको पासो थापी दिन्छु यो लल्कार हो लेख को यो विद्रोह हो आवाज को यो चेतावनी हो बुझाई को यो विद्रोह हो मानवता को घृणा ईर्ष्या लोभ अमानवता यो विद्रोह हो VOID TURNED TO MESSAGE को यो आवाज हो विद्रोहको बिउको
2.
भेडाहरुलाई नियाली रहेछु त्यो बीच एउटा भेंडा अघि बढ्छ एक एक गर्दै सबै हुलले पछियाउँछ त्यो हुल अघि बढ्दै चक्कर लाउँछ र घुमी रहन्छ गधालाई नियाली रहेछु अच्चम लाग्छ सानो छ तर आफू जत्रै भारी बोक्छ घुनासो नपोखि गधा अनबिज्ञ छ मनमा चिसो पस्छ कतै हामी भेंडा भन्दा कान्छो त भएनौं? मनमा चिसो पस्छ कतै हामी गधा भन्दा कान्छो त भएनौँ? कुकुरलाई नियाली रहेछु इमान्दारिताको कदर गर्नै पर्छ आफू कुटाई खाएर बस्छ तर मालिकको साथ छोड्दैन पुच्छरपनि भित्री मनबाट हल्लाउँछ नुनको सोझो गरेर बस्छ मनमा चिसो पस्छ कतै हामी कुकुर भन्दा जेठो त भएनौं? कतै हामी कुकुर भन्दा जेठो त भएनौं???
3.
आज तेरो स्वार्थको कारण हजारौं युवाहरु विदेशमा मारिएका छन् हजारौं दिदीबहिनीहरुको सिन्दुर पुछिएका छन् हजारौं दूधे बालकहरू टुहुरो बनेका छन् अनि हजारौं वृद्ध आमाबुबाहरुको सहारा खोसिएका छन् तेरो कारणले गर्दा आज म यसरी दास भएको छु हजारौं सपनालाई पर राखेर अर्काको स्वार्थ पूरा गर्दै भौतारिरहेको छु खै मेरो परिचय खै मेरो अधिकार खै मेरो देश दन् दन् दन्केको आगो बुझाउ के ले असन्तुष्ट छर्कदा उग्र भईदिन्छ दमन पोखिन्दा उम्लिदिन्छ आक्रोश हाल्दा राप निस्किन्छ यस्तो राप जसले खरानी को कथा भन्छ खरानी को कथा भन्छ झन् झन् चलेको हुरी अब गरु म के नत आगो नै रह्यो नत झरी नै बर्सियो बस फेरि नयाँ दिन चल्यो त्यही सूर्य फेरि पूर्वबाट उदायो त्यही सूर्य फेरि पूर्वबाट उदायो
4.
ति सबैलाई जो मनमनै रोईरहे तर आँसु खसाउन जानेनन् ति हरेकलाई जो भित्रभित्रै गलिरहे तर छट्पटाउन जानेनन् ति प्रत्येकलाई जो पाइला पाइलामा आलोचित भए तर हरेस खाना जानेनन् धन्यवाद ति सधैं घचघचाइरहने अमूर्त सपनाहरुलाई समर्पण यो ति मरिमेट्नेहरुलाई समर्पण यो ति गरिखानेहरुलाई अभिनन्दन ति प्रेरणाका स्रोतहरुलाई यो एक मुठी शब्द हाम्रो लागि धन्य ति दाजुभाइहरू जो डटेर लडे निभ्न लागेको दियोमा तेल थपे धन्य ति चेलीहरु जसले विद्रोह गरे घुम्टोलाई आफ्नै पाखुराले पछारे धन्य ति जिवनसंगीहरु उराठलाग्दा दिनहरूमा शीतल छहारी बनिदिए धन्य ति साथीहरु ज्वाला उमिलिएका रातहरुमा चिसो सागर बनिदीए समर्पण यो ति मरिमेट्नेहरुलाई समर्पण यो ति गरिखानेहरुलाई अभिनन्दन ति प्रेरणाका स्रोतहरुलाई यो एक मुठी शब्द हाम्रो लागि खतभन्दा गाढा यो गरिबीको दाग सहानुभूतिले भरिएको कठोर हृदय कठोर हृदय माथि थप बन्चरोको प्रहार

about

Void Turned To Message's II EP "Dasatwa" which translates to slavery.

credits

released May 7, 2022

Recorded by Mausam X Sundash
Mixed and Mastered by Saurav X Tamrakar

license

all rights reserved

tags

about

Vehement Records Kathmandu, Nepal

Underground Independent label from Kathmandu, Nepal.

vehementrecordsnp.wordpress.com

contact / help

Contact Vehement Records

Streaming and
Download help

Report this album or account

If you like Dasatwa, you may also like: